Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्दीपको मुद्दामा फेरि पीडितको जन्ममिति लगायतका कागज मगाउने आदेश



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको   बलात्कारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको छ।
न्यायाधीश सकुन्तला कार्कीले दिनभरि वादी पक्षको बहस सुनेपछि थप केही कागजातहरू माग गरेकी छन् ।
सामान्यतया मुद्दाको फैसला बहस प्रारम्भ भइसकेपछि त्यस दिन नटुंगिए हेर्दाहेर्दैमा राख्ने प्रचलन हुन्छ । तर, न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी गौशाला(२६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएको स्रोतले बतायो । हेर्दाहेर्दैमा नपरेपछि मुद्दा फेरि अर्को न्यायाधीशको इजलासमा पेशी चढ्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार