Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, भाेली विराटनगरमा हुने रथयात्राकाे तयारी पूरा



विराटनगर । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।
ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोह रात्रि’ भनिन्छ । विश्वभरिका हिन्दु धर्मावलम्बीले भक्ति योग, ज्ञान योग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।
आज ललितपुर पाटनको कृष्ण मन्दिरको दर्शन गर्न राष्ट्रप्रमुख पनि जाने चलन रहेको छ । देशका विभिन्न ठाउँमा रहेका कृष्ण मन्दिरहरुमा श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्ने दर्शनार्थीको भीड लागेको छ ।
यता विराटनगरको तीनपैनीमा रहेको राधाकृष्ण मन्दिरमा पनि दर्शनार्थीको विहानैदेखि भिड छ । भोली विराटनगरमा रथयात्रा निकाल्नका लागि तयारी पूरा भएको आयोजकले जनाएको छ । १५ किलोमिटर हिडाइने रथयात्रामा यसपटक पाँचलाख बढी सहभागी हुने आयोजकको दाबी छ ।
सरकार ले आज सार्वजनिक बिदा समेत दिएको छ । भने भोली हुने रथयात्राकालागि कोशी प्रदेश सरकारले भोली प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार