Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा नेकपा एसको सिंगो त्रियुगा नगर कमिटी एमालेमा समाहित



विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको भन्दै उदयपुरमा पार्टी छाड्नेहरुको संख्या बढेको छ ।

एमालेबाट बिद्रोह गर्नु गलत भएको भन्दै उदयपुरको सिंगो त्रियुगा नगर कमिटी एमालेमा समाहित भएको छ ।

केही दिनअघि मात्रै नेकपा एसका उदयपुर नेता बद्री गेलाल एमालेमा फर्किएका थिए ।

शुक्रबार नगर कमिटीका अध्यक्ष तथा जिल्ला कमिटी सदस्य जनार्दन रेग्मीको नेतृत्वमा सिंगो टिम एमालेमै फर्किएको एमालेका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए ।

उनीहरुलाई एमालेका केन्द्रीय सदस्य अम्बिका थापा, प्रदेश कमिटी सदस्यद्धय बैकुण्ठनाथ दहाल र भागवत राउत, जिल्ला अध्यक्ष घिमिरेलगायतले पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार