विराटनगर : नेकपा एमालेको सचिवालय बैठक सिरहाको धनगढीमाई नगरपालिका १४ स्थित सर्रे अम्वासमा बसिरहेको छ ।
बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा गरिने नेताहरुले बताएका छन्। यस्तै केन्द्रीय कमिटी बैठकको मिति पनि सचिवालय बैठकले तोक्ने छ।
अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए। २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो । त्यही ऐतिहासिक चौथो महाधिवेशनको सम्झनामा एमालेले सो स्थानमा सचिवालय बैठक आयोजना गरेको हो।
अहिले त्यहाँ एमालेको सचिवालय बैठक बसिरहेको छ ।
तस्बिरमा हेर्नुहोस् सर्रे अम्वासमा जारी एमालेको सचिवालय बैठक