विराटनगर : तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार साँझ म्याङलुङ नगरपालिका-१० मा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
म्याङलुङबाट जिरी तर्फ जाँदै गरेको को. १४ प ८९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएको दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चलाक म्याङलुङ नगरपालिका-८ का २२ वर्षीय संगम तामाङ र पछाडी सवार सोही स्थानका २५ वर्षीय सबिन लिम्बुको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा जिल्ला अस्पताल म्याङलुङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।