विराटनगर : धरानमा निषेधाज्ञा जारी भएपछि हिन्दुवादीहरू धरानबाहिर शान्तपूर्ण र्याली निकालेका छन् । उनीहरुले आज धरानमा वृहत् प्रदर्शन गर्ने कार्यक्रम थियो ।
तर, धरानमा गएरातिबाट निषेधाज्ञा लगाएपछि उनीहरु इटहरीमा प्रदर्शन गरेका हुन् ।
धरानमा गाईगोरु काट्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने माग राखेर हिन्दुधर्म समर्थकहरुले इटहरीमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएकाहरुले हिन्दु राष्ट्र कायम गर, सद्भाव भाड्ने धरनका मेयर मुर्दावाद, गृहमन्त्री राजीनामा देऊ जस्ता नारा लगाएका छन् ।
उक्त प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले धरान प्रवेशमा रोक लगाउँदै तरहराको पानीपियामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने इटहरीलगायतका अन्य स्थानमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।