Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चार्जमा हालेर मोवाइल चलाउँदा उदयपुरमा करेन्ट लागेर एकको मृत्यु



विराटनगर : उदयपुरमा चार्जमा लगाएको मोवाइल चलाउँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ र

शनिबार दिउँसो चार्जमा राखेको मोवाइलबाट फोनमा कुरा गर्ने क्रममा करेन्ट लागेर उदयपुरगढी गाउपालिका ७ चम्पेडाँडाका ६८ वर्षीय ओमान सिङ भुजेलको मृत्यु भएको हो ।

मोवाइल चार्जमा राखेर फोनमा कुरा गर्न थालेपछि करेन्ट प्रवाह भएर भुजेलको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार