Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नामकरणविरुद्ध आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले ढिलो गर्यो : सांसद शेर्पा



विराटनगर : कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पक्षसँग वार्ता गर्नका लागि वार्ता समिति बनाउन माग गरेका छन् ।

शुक्रबार प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठकको शुन्य समयमा बोल्दै उनले अघिल्लो हिक्मत कार्कीको सरकारले वार्ता समिति बनाएर काम सुरु गरेपनि नयाँ सरकार आएपछि वार्ता समिति बनाउन ढिलाइ भएको आरोप लगाए ।

‘प्रदेशमा कांग्रेसको सरकार छ कांग्रेसका १४ वटै जिल्ला सभापतिहरुले नाममा पुनःविचार गर्नुपर्छ भनेर विज्ञप्ती नै निकालिसकेका छन्, माओवादीले पनि पुनःविचार गर्नुपर्छ भनिरहेको छ। यता नेकपा एस र जसपाले नामको विपक्षमा फरक प्रस्ताव राखेको स्थिति थियो,’ उनले भने, ‘त्यसैले वार्ता समिति बनाएर समस्या समाधान गर्न प्रदेश सरकारसँग माग गर्दछु ।’

यस्तै उनले प्रदेश सरकारले पनि भ्रष्टाचारविरुद्धको अभियान सुरु गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार