विराटनगर : मोरङको विराटनगर महानगरपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो महानगरको वडा नम्बर-१५ स्थित ढाटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हा ।
पक्राउ पर्नेहरुमा विराटनगर-१९ का २१ वर्षीय अशोक राई र विराटनगर-२० का २१ वर्षीय बिश्वराज राई रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ३ ग्राम ४१ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ आउदै गरेको प्रदेश १-०२-०४४ प ३५८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्न क्रममा उनीहरुको साथबाट ब्राउन सुगर बरामद गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।