विराटनगर : इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) बिष्णु बहादुर खड्काको सरुवा भएको छ । खड्काको इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा सरुवा भएको हो ।
इटहरीमा रहँदा खड्का अपराध नियन्त्रण शाखामा कार्यरत थिए ।
इटहरी सरुवा हुनुअघि खड्का मोरङको रतुवामाईमा रहेको इलाका प्रहरी कार्यालय सिजुवाको प्रमुख थिए । त्यहाँ रहँदा उनले सीमा क्षेत्रमा हुने तस्कर, चोरी डकैती, लागूऔषध बेचबिखनक लगायतका क्षेत्रमा कडाइ गर्दै सुधार गरेका थिए ।
प्रहरी प्रधान कार्यालयले मंगलबार एकै पटक ठूलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षब बशन्त कुँवरले एकैपटक १ हजार २२ जना इन्स्पेक्टरहरुको सरुवा गरेका हुन् ।