विराटनगर : सोमबार दिउँसो विराटनगरमा एक युवामाथि तरबार प्रहार भएको छ । विराटनग १० सन्सारीमाईस्थानमा एक युवामाथि दिउँसो २ः४५ बजेतिर तरबार प्रहार भएको हो ।
तरबार प्रहारबाट विराटनगर महानगरपालिका ८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते भएका हलिमलाई उपचारका लागि न्यरो अस्पताल लगिएको भएपनि त्यहाँ उपचार सम्भव नहुने भएपछि अहिले उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी स्रोतका अनुसार हलिममाथि विराटनगर ८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार प्रहार गरेका हुन् ।
उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको तरबार प्रहरीले नियन्त्रणमा लिएको छ ।