Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पहिरोका कारण उदयपुरमा सडक अवरुद्ध



विराटनगर : तीन दिनदेखि लगातार परेको वर्षाका कारण उदयपुरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । मदनभण्डारी लोकमार्गको उदयपुर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी गाउँपालिका ५ स्थित मौवासी खोला पुल नजिकै गएको पहिरोका कारण मदन भण्डारी लोकमार्ग अवरुद्ध भएको हो ।

सडक खुलाउनका लागि पहिरो हटाउने प्रयास गरेपनि सडक सुचारु हुन अझै समय लग्ने बताइएको छ । पहिरोले झन्डै एक सय मिटरभन्दा धेरै बाटो अवरुद्ध गरेको र निरन्तर पहिरो झरिरहेको कारण पनि सहजै पहिरो खुलाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार