विराटनगर : विराटनगरका एक उद्योगी सिरहामा मृत फेलन परेका छन् । विराटनगरमा पाथीभरा कापी उद्योग सञ्चालन गरिरहेका २८ वर्षीय सिद्धान्त भट्टराई सिरहामा मृत फेला परेका हुन् ।
भट्टराई मार्केटिङका लागि मंगलबार सिरहा पुगेका थिए । बुधबार अर्धनग्न अवस्थामा मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
उनको घाँटी सिक्रि र पाइन्टको गोजिमा मोबाइल फेला परेको छ ।
को.१ च ९१७२ नम्बरको पिकअप जिपमा कापीको मार्केटिङ् गरी चालक सागर राईसँगै सहदेव होटलमा खाजा र खान खाएपछि राती पौने ११ बजेतिर चालक राई सुत्न गएको र भट्टराई भने दुई घर दक्षिण पर्ने शम्भु होटलमा गएको प्रहरीको दाबी छ ।
चालक राईले भने राति १ बजेतिर होटलका संचालकले बोलाएर आफूसँग आएका व्यक्तिको मृत्यु भएको जानकारी दिएका थिए ।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।