Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तरहरामा बस दुर्घटना हुँदा १४ जना घाइते



विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकास्थित तरहरामा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

मंगलबार बिहान कोशी राजमार्ग अन्तर्गत इटहरी-२ तरहरामा धरानबाट काकडभिट्टाका जाँदै गरेको मे १ ख २७४० नम्बरको बस दुर्घटना भएको हो ।

होम्स नजिकै सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएर पल्टिदा बस दुर्घटना भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बस तीव्र गतिमा रहेको र पानी परेका कारण अनियन्त्रितभएर पल्टिएको जनाइएको छ । बसकाचालक र सहचालक फरार भएकाले खोजतलास भइरहेको छ ।  

प्रतिक्रिया
सम्बन्धित समाचार