Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लायन्स क्लब अफ उदयपुरको अध्यक्षमा प्रयास कार्की



कटारी : लायन्स क्लब एमडी ३२५ जिल्ला एफ अन्तर्गत उदयपुरको कटारीमा ‘लायन्स क्लब अफ उदयपुर’ गठन भएको छ ।

कटारीमा रहेर विभन्न क्षेत्रमा आवद्ध युवाहरुको नेतृत्वमा लायन्स क्लब अफ उदयपुर ले प्रयास कार्की को अध्यक्षतामा कार्यसमिति गठन गरेको हो ।

क्लबकाे प्रथम उपाध्यक्षमा पुष्कर खड्का र दोस्रो उपाध्यक्षमा जिवनाथ दाहाल रहेका छन् । त्यस्तै सचिवमा धिरज खड्का र कोषाध्यक्षमा विश्वनाथ दास चयन भएका छन् भने क्लवको निर्देशकमा चुलबहादुर आले मगर चुनिएका छन ।

क्लवको सदस्यहरुमा अम्बरबहादुर रायमाझी, राजेशचन्द्र श्रेष्ठ, गिता खड्का, तुलसीराम चौलागाई, भानु गिरी, सुनिलदत्त साह, रामकुमार खत्री, रविन्द्रबहादुर खड्का, अभिमन्यु लामिछाने, रुक्जा राई, शुसिला राउत, शान्तिशोभा श्रेष्ठ, भूपेन्द्रसिंह तामाङ्ग, हिरालाल अधिकारी दनुवार र रामेश्वर बराल  चुनिएका छन् ।

हाल २१ जना संस्थापक सदस्य रहेको यस क्लबले लायन्स क्लबका मुख्य उद्धेश्य प्राप्तिसँगै शिक्षा, स्वास्थ्य लगायत युवाको नेतृत्व विकासका क्षेत्रमा काम गर्ने नव नियुक्त क्लब अध्यक्ष कार्कीले बताउनुभयो । कार्कीले आफूले पाएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने र क्लबलाई कार्य सम्पादनको आधारमा उत्कृष्ट बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

लायन्स क्लब एमडी ३२५ जिल्ला एफ का गभर्नर शिव कटुवालले क्लबका पदाधिकारी र संस्थापक सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेशका पूर्व मन्त्री राम कुमार खत्रीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार