Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरका रोहित चौधरीलाई सेउती पुलमा हत्या गर्ने समहूका दुई जना पक्राउ



विराटनगर : साउन ५ गते विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

विराटनगर-५ घर भएका चौधरीको सुनसरीको इटहरी उपनगरपालिका-२० सेउती पुलमा गोली प्रहार गरी हत्या भएको थियो । गोली हानी फरार रहेका दुई जनालाई पक्राउ गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी बुधबार सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेहरुमा लेटाङ नगरपालिका-१ का ३५ वर्षीय दिपक तिमिल्सिना र धरान-१० का ३४ वर्षीय अनसन राई रहेका छन् । पक्राउ परेका उनीहरुले श्रावण ५ गते साँझ धरानबाट इटहरी जाँदै गरेको को. ३२ प १७९६ नम्बरको मोटरसाईकल रोकेर मोटरसाईकलमा सवार रहेका चालक २८ वर्षीय रोहित चौधरी र विराटनगर ३ की सुमना खत्रीलाई पेस्तोल र खुकुरी देखा्रएर लुटपाट गर्न खोजेका थिए । जबरजस्ती लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी उनीहरु फरार भएका थिए ।

कोखामा गोली लागेर गम्भिर घाईते भएका चौधरीको सोही दिन उपचारको क्रममा बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

घटनापछि प्रहरीले सुक्ष्म अनुसन्धान गरी घटनामा संग्लग्न २ जनालाई १६ गते धरानकै पुतली लाईनबाट पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

घटना अनुसन्धानको लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको संयोजकत्वमा नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय ईटहरी र कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहसहितको संयुक्त अनुसन्धान टोली परिचालन भएको थियो ।

अनुसन्धानबाट पक्राउ परेकाहरु विभिन्न लुटपाटका क्रियाकलापमा संलग्न रहेको खुलेको बताइएको छ । उनीहरु असार ८ गते धरान-१७ को खैरेनी जंगलमा एक जना महिलामाथि भएको लुटपाट, असार २३ गते धरानबाट मोटरसाईकलमा प्रकाशपुर जाद्यै गरेका श्रीमान श्रीमतीमाथि सोही स्थानमा भएको लुटपाट र असार ३१ गते धरानबाट कालाबन्जार जाँदै गरेका अर्का एक ब्यक्तिलाई समेत श्रृखंलाबद्ध रुपमा भएको लुटपाटमा यिनै ब्यक्तिहरुको संग्लग्नता रहेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका मध्ये तिमिल्सिना जवरजस्ति करणी मुद्धामा १० बर्ष कैद भुक्तान गरि २ महिना अगाडि छुटेको थिए भने तामाङ लागुऔषध मुद्धामा ६ महिना कैद भुक्तान गरि २ बर्ष अगाडि छुटेको थिए ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट अटोमेटिक चाईनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान, कालो झोला ५ थान, लेडिज ब्याग ४ थान, खुकुरी २ थान, मोवायल ५ थान, औठी १ थान र फायर भएको गोलीको खोका १ थान बरामद भएको छ ।

घटनामा संग्लग्न अन्य ब्यक्तिको खोजतलास भईरहेको र पक्राउ ब्यक्तिहरुको १० दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार