Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट मोटरसाइकल चोरी गर्ने इटहरीका दुई जना पक्राउ



विराटनगर : मोटरसाइकल चोरी गरेको आरोपमा विराटनगरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार मोटरसाइलक चोरी गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका २५ वर्षीय मो. कमरुदिन र इटहरी–१४ खनारकै २२ वर्षीय मो. शम्सेरलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङको धनपालथान गाउँपालिका–२ का प्रकाश मण्डलको को ३० प ५२३६ नम्बरको मोटरसाइकल विराटनगर महानगरपालिका–२ राधाकृष्ण मन्दिर आगाडिबाट बुधबार चोरी भएको थियो।

पक्राउ परेका २ जनाविरुद्ध चोरी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार