Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी किनारमा तीन युवतीमाथि कुटपिटमा संलग्न पाँचै जना पक्राउ



विराटनगर : सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदीकिनारमा तीनजना किशोरीलाई कुटपिट गर्ने समूहका पाँचै जना पक्राउ परेका छन् ।

पाँच जना युवतीको समूहले तीनजना युवतीमाथि निर्घात कुटपिट गरेको घटना सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले घटनामा संलग्न युवतीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कुटपिटमा संलग्न सुनसरीको बराहक्षेत्र नगरपालिका–१० भुजेलटोलकी १९ वर्षीया प्रिति लिम्बु, बराहक्षेत्र–८ सैनिकटोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षीया बिनिता उराँव, बराहक्षेत्र–९ की १९ वर्षीया सन्जिता राई र निहाङ राई पक्राउ परेको जनाइएको छ ।

उनीहरुले गत शुक्रबार बराहक्षेत्र नगरपालिका–९ राजाबास टोलस्थित सप्तकोशी नदी किनारमा अर्को समूहमा रहेका तीन युवतीहरूलाई बोलाएर कुटपिट गरेका थिए ।

चिनजानकै साथीहरु रहेका उनीहरुबीच एक अर्काको ब्वाईफ्रेन्डको पोल खोलिदिएको बिषयमा सामान्य विवाद भएको र त्यसैलाई इगो बनाएर झगडा भएको प्रहरीले जनाएको छ । कुटपिट गरेको भिडियो बनाएर उनीहरुले नै सामाजिक सञ्जालमा राखेपछि घटना बाहिरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार