उदयपुर : उदयपुरमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
५५ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका ६ गडमे बस्ने ३५ वर्षीय जिवन कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घरभित्र सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो।
घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।