Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु



विराटनगर : सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार दुहबी नगरपालिका ८, सोनापुरस्थित रमपम चाउचाउ उद्योगअगाडि मोटरसाइकल दुर्घटना सुनसरीको गढी गाउँपालिका–२, भमरी बस्ने अन्दाजी २३ वर्षीय उत्तम चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार मोरङको कटहरी गाउँपालिका ५ का अमन गुरुङ गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको प्रदेश २–०४७ प ११६४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार