फाइल फोटो
विराटनगर : उदयपुरमा करिब ३० हजार गाई तथा भैँसी लम्पीस्कीन रोगको संक्रमणबाट प्रभावित बनेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका अनुसार जिल्लामा पछिल्लो समय अत्यधिकरुपमा गाई, गोरु र राँगा, भैसीमा संक्रमण देखिरहेको छ ।
संक्रमणबाट हालसम्म २ सय ६८ वटा पशुचौपायाको मृत्यु भएको छ ।
जिल्लामा यस वर्ष ३० हजार बढी पशुचौपाया लम्पीस्कीन रोगबाट प्रभावित भएको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये २५ हजार पशुचौपाया उपचारपछि निको भएको भए पनि ५ हजारभन्दा बढी अझै प्रभावित रहेको विज्ञ केन्द्र प्रमुख डा. रामनारायण साहले बताए ।
रोगको पूर्ण उपचार हुने औषधि नभए पनि जडिबुटी, एन्टिबायोटिक औषधि प्रयोग गर्ने तथा निरोगी पशुलाई सुई (भ्याक्सिन) दिएर रोकथाम गर्ने काम जिल्लाका ८ वटै स्थानीय तहहरुमा भइरहेको छ ।
भेटरीनरी अस्पतालले संकलन गरेको प्रतिवेदनमा लम्पीस्कीनबाट १७ हजार ४ शय १० वटा गाई गोरु र ९ सय ३५ वटा राँगा भैंसी प्रभावित भएको उल्लेख छ । त्यस्तै गाई गोरु २ सय ३०, राँगा भैसी ३८ वटा यो रोगका कारण मरेको कार्यालयको तथ्यांकले देखाएको छ ।
उक्त तथ्यांकका अनुसार बेलका नगरपालिका ७ हजार ५ सय ५० पशुचौपाया प्रभावित हुँदा १ सय ४६ वटा मरेका छन् ।