Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी किनारमा कुटपिट घटनाः थप दुई युवती पक्राउ



विराटनगर : सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदीकिनारमा तीनजना किशोरीलाई कुटपिट गर्ने समूहका तीन जना पक्राउ परेका छन् । पाँच जना युवतीको समूहले तीनजना युवतीमाथि निर्घात कुटपिट गरेको घटना सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले घटनामा संलग्न तीन युवतीलाई पक्राउ गरेको हो ।

कुटपिटमा पाँच युवती संलग्न भएपनि अहिलेसम्म तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । तीनजनामध्ये सुनसरी बराहक्षेत्र– १० प्रकाशपुरकी १९ वर्षीया प्रिती लिम्बू सोही दिन पक्राउ परेकी थिइन् । बाँकी दुईजनालाई मंगलबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

बराहक्षेत्र– ८ सैनिकटोलकी १८ वर्षीया दुर्गा राई र सोही टोलकी २२ वर्षीया विनिता उराउलाई प्रहरीले पक्राउ गरेको हो । अन्य दुई जना अझै फरार छन् । उनीहरुको खाजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार