विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा भोलि (आइतबार) अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा प्रवाह स्थगित रहने भएको छ । नगरपालिकाको १२ औँ नगरसभाको दोस्रो बैठक हुने भएकाले सेवा प्रवाह स्थगित हुने भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटले एक सूचना जारी गर्दै उक्त जानकारी दिएका हुन् ।
नगरसभाको बैठक आइतबार रतुवामाई ८ स्थित दाम्राभिट्टा सामुदायिक भवनको हलमा बस्दैछ ।
