Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सप्तकोशीमा खसेको ट्रक क्रेन लगाएर निकालियो



विराटनगर : सप्तकोशी नदीमा खसेको ट्रक क्रेन लगाएर निकालिएको छ । शुक्रबार बिहान सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलमा ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा ट्रक नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार दिउँसो क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना ट्रक नदीमा खसेको हो ।

ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको छ । ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका थिए भने अन्य २ जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । बसमा सवार यात्रु भने सकुशल छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार