Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट अवैध ५१ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ



विराटनगर : मोरङको विराटनगरबाट अवैध सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका- १३ बाट अवैध ५१ ग्राम ७३ मिलिग्राम अवैध सुनसहित भारतको कलकत्ता बस्ने २९ वर्षीय सान्तनु मेहितीलाई प्रहरीले पक्राउ गरेको हो ।

सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मेहितीलाई तलासी गर्ने क्रममा उनको साथबाट उक्त सुनसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद सुन सहित राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार