विराटनगर : उदयपुरमा करेन्ट लागेर त्रियुगा नगरपालिकाका एक जना कर्मचारीको मृत्यु भएको छ । बुधबार दिउँसो सडक बत्ती बनाउने क्रममा करेन्ट लागेर ४० वर्षीय युवराज राईको मृत्यु भएको हो ।
त्रियुगा नगरपालिका ४ फर्सेटमा सडकबत्ती बनाउने क्रममा करेन्ट राईको मृत्यु भएको हो । सरेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो ।
राईको जिल्ला अस्पतालमै मृत्युको भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए। घाइते राईलाई साथीले तत्काल उपचारको लागि जिल्ला अस्पताल पुर्याएका थिए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।