Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बैंकको कर्मचारी हुँ भन्दै अनलाईनबाट ठगी गर्ने मोरङका एक युवा पक्राउ



विराटनगर : विभिन्न बैंकको कर्मचारी हुँ भन्दै अनलाईन मार्फत ठगी गरेको अभियोगमा मोरङका एक जना पक्राउ परेका छन् । बुधबार मोरङको धनपालथान गाउँपालिका १ घर भएका २१ वर्षीय महमद जोजाहीद मियालाई प्रहरीले पक्राउ गरेको हो ।

पिडितहरुसँग फोन सम्पर्क गरी बिभिन्न बैंकको आधिकारीक कर्मचारी हुँ भन्दै मियाले ११ लाख १२ हजार ८ सय ४० रूपैयाँ रकम रकमान्तर गरी ठगी गरेको आरोप छ ।

पीडितहरुको बैक खाता लगायत ओटिपी कोडसमेत मागी खातामा पहुँच पुर्‍याई अन्यत्र बैंक खाता तथा वालेटहरुमा पैसा रकमान्तर गरेको आरोपमा उनलाई उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार