Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लगातार तीन दिन हेर्न नभ्याइएको कोशी सरकारविरुद्धको मुद्धा आज सपना मल्लको इजलासमा



विराटनगर : लगातार तीन दिन पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा राखिएको कोशी प्रदेश सरकारविरुद्धको मुद्धा आज न्यायधीश सपना मल्लको इजलासमा परेको छ । मल्लको इजलासको १८ औं नम्बरमा रहेको मुद्धा आज पनि हेर्न नभ्याइनेमा पर्ने सम्भावना छ ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तीको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथि आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई, सोमबार सुष्मालता माथेमा र मंगलबार न्यायधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको मुद्धा हेर्न नभ्याइनेमा राखिएको थियो ।

कोशी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले असंवैधानिक तरिकाले प्रदेशमा मुख्यमन्त्री नियुक्त गरेकाले त्यसलाई बदर गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश माग गरेका छन् ।

एमालेले नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाएरे रिट दायर गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार