Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरीको धरान-तरहरा र मोरङको हरैँचा क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह



विराटनगर : सुनसरीको धरान, तरहरा र मोरङको हरैँचा क्षेत्रमा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै उक्त स्थानमा भारी वर्षा भइरहेकाले ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन सुझाव दिएको हो ।

तटीय क्षेत्रमा डुबान भइरहने होचो स्थान बढी जोखिममा रहेको विभागले जनाएको छ ।

आज बिहान सूचना जारी गर्दै विभागले भनेको छ, ‘पछिल्लो १–३ घण्टामा सुनसरीको तरहरा, धरान र मोरङको हरैँचा आसपास भारी वर्षा भईरहेकाले उक्त स्थान भई बहने ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ।’

प्रतिक्रिया
सम्बन्धित समाचार