फाइल तस्बिर
सोलुखुम्बु : मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाकाेे सिमानामा पर्ने लाम्जुरामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
मंगलबार बिहान ९ एनए- एमभी कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो। हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचजना म्याक्सिकन नागरिक सवार थिए। हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए। हेलिकोप्टरमा म्याक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए।
सुलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।