विराटनगर : दोस्रो दिनपनि कोशी प्रदेश गठनका विषयलाई लिएर नेकपा एमाले संसदीय दलले हालेको मुद्धा हेर्न नभ्याइने सूचीमा राखिएको छ ।
एमालेले नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाएरे रिट दायर गरेको थियो ।
आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको मुद्धा हेर्न नभ्याउनेमा परेपछि आज न्यायधीश सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर, आजपनि मुद्धा हेर्न नभ्याइने’ मै परेर सुनुवाइ नभएको हो ।
एमालेले रिटमा संविधानको धारा १६८ को उपधारा २ अनुसार निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ ।