Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

ताप्लेजुङमा मृत अवस्थामा महिलाको शव फेला



विराटनगर : ताप्लेजुङको फुङलिङ नगरपालिकामा मृत अवस्थामा एक महिलाको शव फेला परेको छ । फुङलिङ ७ की ४४ वर्षीयी धनकुमारी लिम्बूको शव मृत अवस्थामा भेटिएको हो ।

सोही पालिकाको वडा नम्बर ३ मा रहेको सशस्त्र प्रहरीको चेक पोस्ट छेउको सडकबाट १० फिट तल झरेको अवस्थामा लिम्बूको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार