Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरीमा टिपरको ठक्करबाट स्कुटरमा सवार आमा-छोरीको मृत्यु



विराटनगर : सुनसरीको इटहरीको मेन चोकमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

मंगलवार दिउँसो ३  बजे  ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार आमा छोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरी रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अनुशाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरले  आमा छोरी सवारको १४प५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि मंगलबार दिउँसो केही समय इटहरी तनावग्रस्त बनेको थियो ।

टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका थिए । स्थानीयवासीले टिपर तोडफोड गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार