Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर-काठमाडौंको हवाई भाडादर ३३५ रुपैयाँले घट्यो



विराटनगर : विराटनगर-काठमाडौंको हवाई भाडादर घटेको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको हो।

भोलीदेखि लागु हुने गरी आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको प्राधिकरणले जनाएको छ।

विराटनगरबाट काठमाडौंको भाडा ३३५ रुपैयाँ घटेको छ । यस्तै विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ कम भएको छ।

काठमाडौंंबाट भद्रपुरको भाडा ४२० रुपैयाँ घटेको छ ।

हेर्नुहोस् कहाँ कति घट्यो मुल्य : 

प्रतिक्रिया
सम्बन्धित समाचार