विराटनगर : ६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट एक जना पक्राउ परेका छन् ।
शनिबार जिल्लाको ताप्ली गाउँपालिका वडा नम्बर ३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।