विराटनगर : कोशी प्रदेशसभाको तेश्रो अधिवेशनको पहिलो बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।
मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मत सम्बन्धि प्रस्तावका विषयमा दलका तर्फबाट सांसदहरुले आफ्ना कुरा राखेपछि सभामुख बाबुराम गौतमले ३० मिनेटका लागि बैठक स्थगित भएको जानकारी प्रदेशसभालाई गराएका हुन् ।
एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्की नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
सरकारमा सहभागी भएको माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि आज कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । कार्कीले विश्वासको मत पाउने सम्भावना भने न्युन रहेको छ ।