Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ताप्लेजुङमा पहिरोमा पुरिएर बेपत्ता भएकाहरु नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार



विराटनगर : ताप्लेजुङमा गत हप्ता आएको अविरल वर्षाका कारण बाढीपहिरोमा परेका तीन जना बेपत्ता भएपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।

सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जनाको शव नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाइ दाहसंस्कार गरेका हुन् ।

पहिराले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाती ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन् । उनीहरू सबै एकै परिवारका हुन् ।

पहिरोमा परी मेहेलेकै तीन जनाको निधन भएको छ ।

पहिरोमा पुरिएर बेपत्ता भएकाहरूको खोजी गर्न ठूलो संख्यामा प्रहरी परिचालन भएपनि उनीहरुको शव भेटिएको थिएन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार