विराटनगर : धनकुटामा बेवारिसे अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । शुक्रबार धनकुटा नगरपालिका–४ स्कुलडाँडास्थित सडक नालीमा धनकुटा–६ का ४५ वर्षीय धनबहादुर तामाङको शव फेला परेको हो ।
बिहान मर्निङ वाकमा निस्किएका स्थानीयले सडकको नालामा मृत्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले नालीमा घोप्टो परेको अवस्थामा शव फेला परेको बताएको छ ।
भूतपूर्वक सैनिकसमेत रहेका तामाङ छिमेकीको घरमा किरियापुत्री कुरेर राति साढे १२ बजे घर फर्किएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।