Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु



विराटनगर : गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । उनीहरु सबैको पहिचान खुलिसकेको छ ।

दुर्घटनामा परी सहिद लखन गाउँपालिका– ५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन– ४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । दुर्घटनामा पी गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ । सामान्य घाइतेहरुको आँबुखैरेनीमा उपचार भइरहेको छ ।

सहिद लखन गाउँपालिका– ३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन– ५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो। जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार