Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट ६१ लाखको गरगहना चोरी गर्ने गिरोहका तीन जना जेल चलान



विराटनगर : विराटनगरबाट ठूलो परिणाममा चाँदीका गरगहनासहित पक्राउ परेका तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

जेठ ३ गते विराटनगरका विभिन्न ठाउँमा चोरी भएको सूचनाका आधारमा अनुसन्धान थालेको मोरङ प्रहरीले उनीहरुलाई जेठ १० गते राति चाँदीका गरगहनासहित पक्राउ गरेको थियो ।

मोरङ जिल्ला अदालतले बुधबार विराटनगर १२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दासलाई थुनामा राख्न आदेश दिएको हो । जेठ ३ गते विराटनगर महानगरपालिका ३ पिपल चोकस्थित जयकिशोर चौधरीको घरमा चोरी गरेको आरोपमा उनीहरुलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुको साथबाट ३५ केजी चाँदी, ८ ग्राम सुन, भारु २५०० नेपाली रुपैयाँ एक हजार ७३० र दुई थान मोबाइल बरामद गरेको थियो । २० तोला सुन भने उनीहरूले भारतीय बजारमा लगेर बिक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले चोरी गरेको गरगहना करिब ६१ लाख मुल्य बराबरको रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार