विराटनगर : ताप्लेजुङमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचामा ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईको कुटाईबाट ३१ वर्षीया श्रीमती निशा राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी राजन लिम्बूका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए । झगडाकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले लक्ष्मणलाई नियन्त्रणमा लिएको छ । घटनापछि प्रहरी निरीक्षक नेतृत्वको प्रहरी टोली परिचालन गरी थप अनुसन्धान सुरु भएको बताइएको छ ।