Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको उपचारका क्रममा निधन



काठमाडौँ : गाडी दुर्घटनामा गम्भीर घाइते सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ५ बजेर ३३ मिनेट जाँदा उनको मृत्यु भएको मेडिकल कलेज सूचना अधिकारी सञ्जय पन्तले बताए । कांग्रेस सचेतक गीता चौधरीले पनि मन्त्री सिंहको मृत्यु पुष्टि गरिन् ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

मन्त्रीसहित पाँचजना सवार रहेकोमा चारजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये मन्त्री सिंहकी श्रीमती र भाउजूको मृत्यु भइसकेको छ । उनका पीएसओ दीपक भण्डारी गम्भीर घाइते छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार