विराटनगर : ताप्लेजुङको मेहेलेमा पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टर पठाइएको छ । पछिल्लो जानकारी अनुसार मेहेलेमा पहिरोमा परी ४ जना बेपत्ता भएका छन् ।
उनीहरूको उद्धारका लागि कोशी प्रदेशको राजधानी विराटनगरबाट नेपाली सेनाको टोली घटनास्थलमा टोली जाँदै छ ।
अब केही बेरमा सेनाको उद्धार टोली ताप्लेजुङ प्रस्थान गर्दैछ । घटनास्थलमा टोली नपुगेकाले आधिकारिक रुपमा क्षतिको विवरण आउन सकेको छैन ।
शनिबार साँझदेखि भएको वर्षा अझै रोकिएको छैन । मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी क्षेत्रमा यो पटक अत्यधिक वर्षा भइरहेको छ ।
मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता रहेका छन् भने एक जनाको शव भेटिएको छ । मेहेलेमा मात्र छ घर पूर्णरुपमा बाढी पहिरोले बगाएको छ ।
मेहेलेमा आज बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने एक जना सम्पर्कविहीन बनेका छन् ।
पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएका छन् । सुरेशका बाबु केशरबहादुर राई सम्पर्कमा नरहेको बताइएको छ ।