Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पाँचथरको फालेलुङमा पहिरोमा परी उद्धार गरिएकी बालिकाको मृत्यु



ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल

विराटनगर : पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा पुरिएर घाइते भएकी ९ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीयले फालेलुङ–३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको मृत्यु भएको हो ।

उनलाई आइतबार बिहान ७ वजे स्थानीयले जीवितै उद्धार गरेका थिए । जुना मनप्रसादकी नातिनी हुन् । उनी मावली घरमा बसेर स्थानीय विद्यालयमा अध्ययन गर्दै आएकी थिइन् ।

मध्यरातमा घर माथिबाट खसेको पहिराले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फसेकी थिइन् ।

बालिकाको खोजी गर्ने क्रममा बिहान जीवितै उद्धार गरिएको थियो । जुनाको आइतबार दिउँसो उपाचारका लागि क्रममा पाँचथर जिल्ला अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हरि खतिवडाले जानकारी दिए ।

यसैबीच बाढीमा परेका पाँचथरका ५ जना अहिलेसम्म बेपत्ता छन्। बाढी पहिरोका कारण दर्जनौं पुल बगेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार