Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

संखुवासभाको हेवा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु



ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल

विराटनगर : शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीमा परी बेपत्ता भएका १६ जना अझै सम्पर्कविहीन छन् । दुई जना भने प्रहरीको सम्पर्कमा आएका छन् ।

बाढीले बगाएर ल्याएको शवको पहिचान हुन बाँकी छ । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढी आएको हो ।

बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताए । हेवा हाइड्रोपावर काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेको गोदारले बताए । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको उनले बताए ।

बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ । खोला किनार क्षेत्रमा–४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार