विराटनगर : विराटनगरका विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने भएको छ। गएराति आएको हावाहुरीसहितको पानीले विद्युतका पोल ढाल्दा विराटनगरमा आज दिनभरी विद्युत अवरुद्ध हुने भएको हो ।
विद्युत लाईन अनियमित हुदाँ औद्योगिक क्षेत्रमा कलकारखाना, छापाखाना, गार्मेन्ट उद्योग लगायत विद्युतबाट सञ्चालन हुने कामहरु सबै ठप्प भएका छन् ।
बुधबार राति आएको हावाहरीले विद्युत लाईनका पोलहरु ढालेकाले विद्युत लाईन अनियमित भएको नेपाल विद्युत प्राधिकरण विराटनगरले जनाएको छ ।
विद्युतको समस्या देखिएको ठाउँमा मर्मतको लागि कर्मचारीहरु खटाइएको प्राधिरणले जनाएको छ । ठ्याक्कै यो समयमा विद्युत आउँछ भन्ने जानकारी नहुने भएकाले मर्मतको काम सकिएपछि विद्युत आउने बताइएको छ ।