Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

युवालाई संसदीय अभ्यास सिकाउँदै जिल्ला युवा समिति मोरङ



विराटनगर : जिल्ला युवा समिति मोरङ र सुन्दरहरैँचा नगरपालिकाको संयुक्त आयोजनामा चार दिने नमुना युवा नगरसभा सुरु भएको छ । सुन्दरहरैँचा नगरपालिकाको त्रिवेणी रिर्सोटमा मं्रगलबार नमुना युवा नगरसभाको कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले उद्धाटन गरकी छिन् ।

कार्यक्रमको उद्धाटन गर्दै उपसभमुख दनुवारले युवाहरुलाई कानुन निर्माणको नीतिगत ज्ञान प्रदान गर्ने बताइन् । उनले युवाहरुलाई राजनीतिमा आकर्षण गर्न कार्यक्रमले सहयोग पुग्ने बताइन् ।

नमुना युवा नगर सभा जिल्ला युवा समितिको समन्वयमा गत बर्षबाट सुन्दरहरैचामा वार्षिकरुपमा आयोजना हुदैँ आएको छ । युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि हरेक बर्ष नमूना युवा संसद गठन गर्ने गरेको जिल्ला युवा समिति मोरङका अध्यक्ष सन्तोष घिमिरेले बताए ।

युवालाई नगरसभाको निर्णय प्रकृयाको ज्ञान दिई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका नमुना नगर युवा सभा कार्यक्रम भइरहेको उनले बताए। यसबाट युवालाई नेतृत्व विकास गर्न सहयोग पुगेको उनको भनाइ छ ।

स्थनीय तहका वडामा वडास्तरीय युवाक्लब समेत गठन गरिएको छ । नमुना नगरसभामा पालिकाका १२ वटा वडाबाट ४५ जना सहभागी भएका छन् । सहभागीहरुलाई चार दिन सम्म नगरसभाबाट कानुन निमार्ण, नगरसभाको संसदीय अभ्यास र यसका प्रकृयाहरु, स्थानीय तहमा बजेट निर्माणका प्रकृयाहरु र स्थानिय सरकारमा युवाहरुको अर्थपूर्ण सहभागीताका बारेमा प्रशिक्षणहुने प्रशिक्षक सरोज ढकालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार