काठमाडौँ : हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
त्यसको प्रभावले देशका केही भागमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार अहिले बिहान कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।
राति भने कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखाइएको छ। साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
बुधबार-बिहीबारदेखि नेपालमा मनसुन भित्रिने
जल तथा मौसम विज्ञान विभागले यस वर्ष एकदुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिने बताएको छ । जुन १३ गते नेपालमा मनसुन भित्रिने गर्छ । हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू(भाग, बंगलादेश र भुटानसम्म आइपुगेको पुगेको छ।
विभागको पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानले कोसी प्रदेशमा मनसुन भित्रिन अझै केही दिन लाग्न बताए । ुनेपालको पूर्वी भू(भागबाट मनसुन भित्रिने गर्छ । बुधबाररबिहाबारदेखि नेपालमा मनसुन भित्रिन सक्छ,ु मौसविद् लामिछानेले कान्तिपुरसित भने । विभागले जुन १३ देखि अक्टोबर २ सम्मको अवधिलाई मनसुन मान्ने गर्छ ।