विराटनगर : मोरङको उर्लाबारीमा यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित भीडले बस आगजनी गरेका छन् ।
उर्लाबारी, ३ मङलबारेमा बसको ठक्करबाट झापाको कमल गाउँपालिकाका ३५ वर्षिय युवकको मृत्यु भएपछि स्थानीयले बसमा आगो लगाएका हुन् ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र.१ -०१-०१३ प २९० नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउदै गरेको मेे १ ख३०७३ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुटरमा सवार कमल गाउपालिका-२ का पवन सुवेदिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट सुवेदीको मृत्यु भएपछि आक्राेशमा आएका स्थानीयले उक्त बसमा आगजनी गरेका हुन् । उर्लाबारी नगरपालिकाको दमकलकाे सहयाेगमा करिव १५ मिनेटको समयमा उक्त आगाे नियन्त्रणमा लिईएको छ।
मृतकको शव मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।