Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप



विराटनगर : कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । निषेधित क्षेत्रको घेर तोडेर प्रदर्शन गर्न थालेपछि झडप भएको हो ।

आन्दोलनकारीहरु घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएपछि यतिबेला प्रदेश राजधानी विराटनगर तनावग्रस्त बनेको छ ।

प्रदर्शनलाई शान्त पार्न र भीड नियन्त्रण गर्न प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीहरुले सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुढा प्रहार गरिरहेका छन् ।

आन्दोलनकारीले हानेको ढुंगा लागेर केही प्रहरी घाइते भएका छन् । अहिले देवकोटा चोकस्थित प्रदेशसभा नजिकै ठूलो संख्यामा जम्मा भएर आन्दोलनकारीहरुले प्रदर्शन गरिहेका छन् ।

कोशी प्रदेश प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। अधिवेशनका लागि सांसदहरुलाई प्रदेशसभा भवन प्रवेशमा अवरोध गर्ने तयारीसहित पहिचान पक्षधर बिहानैदेखि भेला भएर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार